खेलकुद

img
प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो । आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा

by RSS | Dec 24
img
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घलाई जनता बैंकको साथ

जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्टस् अवार्ड’लाई प्रायोजन गर्ने भएको छ । सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो । खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी कार्यकारी अधिकृत अजय मिश्रले सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो ।

by RSS | Dec 24
img
बार्सिलोनाको शानदार जित  

स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै आफ्नो शिर्ष स्थान कायमै राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो।जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग तीन अंकको स्पस्ट अग्रता बनाएको छ । अर्को खेलमा एट्लेटिको म्याड्रिडले पनि इस्पान्योललाई १–० गोलले हरायो ।

by Anu Rana | Dec 24
img
शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए ।

by RSS | Dec 23
img
हक्कीमा नेपाललाई कास्य पदक

नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।

by RSS | Dec 23
img
बिग बास लिगमा सन्दीपको शानदार डेब्यू  

नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन्। मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्मा उनले दुई विकेट लिएका हुन्।

by Anu Rana | Dec 23
img
टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई

नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग–यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त ग–यो ।

by RSS | Dec 21
img
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा शीर्ष तीन अङ्क जोडेको यो पहिलो पटक हो ।

by RSS | Dec 21
img
‘ए’ डिभिजन लिग : दशौँ चरणका खेल आजदेखि

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दुई खेल हुनेछन् । शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ ।

by RSS | Dec 21
img
उपाधि होडमा मनाङलाई चुनौती

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो ।

by RSS | Dec 20
img
फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको लक्ष्य फाइनल पुग्नु हुनेछ ।

by RSS | Dec 20
img
ललितपुर ईपीएलको फाइनलमा  

ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरले काठमाडौं किङस इलाभेनमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

by Anu Rana | Dec 20
img
फुटबल–पुलिस र ब्रिगेड ब्वाइजको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस १५ अङ्कका साथ अङ्क तालिकाको पाचौँ स्थानमा छ भने समान

by RSS | Dec 19
img
अनन्त फुकुवा : थ्रीस्टार र मनाङबाहेकका क्लबबाट खेल्ने

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् । दुई ठूला क्लबबाट सम्झौता गरेपछि उनी जारी लिग खेल्नबाट वञ्चित हुँदै आएका थिए । अनन्तबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार बाहिर आएपछि लिग खेल्न दुवै थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका उनलाई अन्तिम समयमा दुवै क्लबले फुकुवा गर्न सहमति जनाएका हुन् । 

by RSS | Dec 19
img
अनन्त लिग खेल्नबाट वञ्चित

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ दुई ठूला क्लबबाट सम्झौता गरेपछि जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नबाट वञ्चित भएका छन् । जारी लिगमा नवौँ चरणका खेल सकिँदासम्म अनन्तले कुनै क्लबबाट सहभागिता जनाउन पाएका छैनन् । नेपालका दुई चर्चित क्लब मनाङ–मस्र्याङ्दी र थ्री स्टार क्लबबाट सम्झौता गरेका कारण अनन्त अहिले आफैँ खेल्नबाट वञ्चित भएका हुन् ।

by RSS | Dec 18
img
शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे ।

by RSS | Dec 14
img
महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ ।

by RSS | Dec 14
img
जावलाखेल विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले हराएको हो । जावलाखेलका लागि विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे ।

by RSS | Dec 13
img
फुटबल अवार्डको मनोनयन

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् ।माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोल किपरको मनोनयनमा नेपाली गोलरक्षक किरण परेका हुन् । आगामी पुस ३ गते उक्त अवार्डको विजेता घोषणा गरिनेछ । किरण टिसी स्पोटर्स क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् ।

by RSS | Dec 13
img
मोफसलमा तेइस प्रतियोगिता, एन्फाद्वारा तालिका सार्वजनिक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका हिजो सार्वजनिक गरेको हो । 

by RSS | Dec 13