खेलकुद

img
‘ए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । 

by RSS | Nov 18
img
करोडौँ सकिँदासमेत बन्न सकेन खेल मैदान

जिल्ला सदरमुकाम बेनीमा रहेको एक मात्र खेलमैदान व्यवस्थित गर्न पर्याप्त बजेट नहुँदा निर्माणकार्य अलपत्र परेको छ । तीन वर्षदेखि निर्माणकार्य शुरु गरिएको खेलमैदान करीब रु तीन करोड सकिँदासमेत निर्माणकार्यले पूर्णता पाउन सकेको छैन । सदरमुकामस्थित क्लब, सङ्घ संस्था, राजनीतिक दल सबैको कार्यक्रम गर्ने स्थल हो, खुल्लामञ्च ।

by RSS | Nov 18
img
उपाधि च्यासल युथ क्लबलाई

एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई बे्रकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो ।

by RSS | Nov 16
img
महिला फुटबल टोली स्वदेश फर्कदै

ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।

by RSS | Nov 14
img
ओलम्पिक महिला फुटबल छनोट : नेपाल र बङ्गलादेश खेल्दै

ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ ।

by RSS | Nov 13
img
ओलम्पिक छनोट–नेपाल र म्यान्माको खेल बराबरीमा टुङ्गियो

महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ ।

by RSS | Nov 12