प्रबिधि

img
मार्च ८ मा सामसुङ ग्यालेक्सी एस १० आउदै  

दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । भने आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

by Anu Rana | Feb 17
img
सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ हुनअघि सञ्जालमा

by RSS | Feb 15
img
विज्ञान प्रदर्शनी

साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित नवौँ संस्करणको ‘साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट’आजदेखि शुरु भयो । दुईदिने सो प्रदर्शनीमा प्रतिभाशाली छात्रछात्राले सिर्जना गरेका हेलिकोप्टर, हाइडोलिक क्रेन, भोटिङ मेसिन, इकोसिस्टम, रोबोटिक, एन्टी रेपिङ मेसिन प्रमुख आकर्षकका केन्द्र रहेका छन् । राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययन गर्ने झण्डै ५० हजार विद्यार्थीले सो प्रदर्शनी अवलोकन गर्ने लक्ष्य आयोजकले राखेका छन् ।

by RSS | Feb 14
img
जिमेलमा थप नयाँ फिचर्स

गुगलले हालै आफ्नो इमेल सर्भिस जिमेलमा कैयन् नयाँ फिचर्स थप गरेको छ । यही हप्ता आफ्नो ब्लग पोष्टमा गुगलले यसको घोषणा गरेको हो । गुगलले जिमेमा राइट क्लिक मेन्यूमा केही नयाँ उपयोगी फिचरहरु थप गरेको हो ।

by Anu Rana | Feb 14
img
होसियार ! सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोन  

हामीमध्ये धेरैले मोबाइल फोन खरीद गरिरहेको हुन्छौँ जसले जहाँ हामी  क्यामराको क्षमता, ब्याट्री तथा अन्य फिचरहरुमा मात्र ध्यान दिन्छौँ । तर उक्त मोबाइल फोनको जानकारी पुस्तिकामा सानो अक्षरमा लेखिएको यसको रेडियसन लेभल अर्थात् विकिरणको तहको बारेमा पढ्ने बानी हामीमा छैन ।

by Anu Rana | Feb 12
img
इन्स्टाग्राममा फलोअर्स बढाउने ५ तरिका

सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् ।

by Anu Rana | Feb 11
img
फेसबुकले व्हाट्सएप, इन्सटाग्राम र म्यासेन्जरलाई एक गर्दै  

फेसबुकले इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरमा म्यासेज सेवालाई एक गर्ने तयारी गरिरहेको छ । यी तीन सामाजिक सञ्जालका प्ल्याटफर्म अलग–अगल मोबाइल एपका रुपमा काम गर्नेछन् तर तीनलाई यसरी जोडिनेछ जसबाट एक प्ल्याटफर्मबाट दोस्रो प्ल्याटफर्ममा सजिलै सन्देश पठाउन सकिनेछ ।

by Anu Rana | Feb 08
img
फेसबुकमा २५ करोड फेक अकाउन्ट

सोसल मिडिया साइट फेसबुक आफैंमा एउटा पूरा संसार हो । आफ्ना दुई अर्बभन्दा धेरै प्रयोगकर्ताको संख्यालाई आधार मान्दा यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भन्दा हुन्छ ।

by Anu Rana | Feb 07
img
अप्रिल २ मा बन्द हुँदै गुगल प्लस

इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

by Anu Rana | Feb 05
img
इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी  

इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको छ । उसले १ हजार ३५० किलोमिटर टाढासम्म हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताएको छैन ।

by Anu Rana | Feb 05
img
माइक्रोसफ्टको सर्च इन्जिनमाथिको प्रतिबन्ध चीनले हटायो

माइक्रोसफ्टको सर्च इन्जिन बिङ्गमाथि चीनले लगाएको भनिएको प्रतिबन्ध हटेको छ । चिनियाँ टेलकम प्रोभाइडर्सहरुले बिगं सर्च इन्जिनमाथिको पहुँच पुनस्र्थापित गरेका हुन् । गुगललगायतका मुख्य सर्च इन्जिन प्रतिबन्धित रहेको देश चीनमा खुल्ला रहेको एकमात्र विश्वव्यापी सर्च इन्जिन बिंग हो ।

by Anu Rana | Jan 29
img
‘क्यान इन्फोटेक’ मेला हुने

सूचना प्रविधिसम्बन्धी मेला ‘सुबिसु क्यान इन्फोटेक’को २५औँ संस्करण यही माघ १५ देखि २० गतेसम्म हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि नागरिकसम्म पु–याउने उद्देश्यले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले सो मेला आयोजना गर्न लागेको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको उक्त मेलाको तयारी पूरा भएको क्यान महासङ्घले

by RSS | Jan 25
img
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर  

“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ ।

by Anu Rana | Jan 25
img
७० करोड प्रयोगकर्ताको इमेल ह्याक

सन् २०१८ मा कैयौं डेटा लिक्सका घटनाहरु सार्वजनिक भए । यसरी डेटा लिक भएको घटनाले यूजर हैरान भएका बेला २०१९ को शुरुमै फेरि डेटा लिकको घटना सार्वजनिक भएको हो।  ट्रोय हन्टले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा उल्लेख गरेका छन् ।

by Anu Rana | Jan 25
img
गुणस्तर सुधार्दै टेलिकम

धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो ।

by RSS | Jan 23
img
जथाभावी इमेल पठाए एक लाख जरिवाना  

अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? भने होसियार हुनु पर्ने भ्एको छ । सरकारले विज्ञापन नियमनसम्बन्धी ल्याउन लागेको नयाँ विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ ।

by Anu Rana | Jan 21
img
अनलाइन सेवा विस्तार हुँदै

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको होे । 

by RSS | Jan 04
img
हिंसा कम गर्न मोबाइल एप्सको शुभारम्भ

किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ । किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली आज बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले

by RSS | Dec 24
img
‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ । बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गर्नुभयो ।

by RSS | Dec 23
img
मङ्गलाको मोबाइल एप्स 

म्याग्दीको मङ्गला गाउँपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर मङ्गला मुनिसिपालिटी प्रवेश गरे गाउँपालिकाको सबै कार्यक्रम हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण,

by RSS | Dec 20