प्रबिधि

img
माइक्रोसफ्ट बन्यो दोस्रो ठुलो बजार पूँजीकरण हुने कम्पनी  

अमेजनलाई पछी छोड्दै अमेरिकी बहुराष्ट्रिय सफ्टवयर कम्पनी माइक्रोसफ्ट सबैभन्दा ठुलो बजार पूँजीकरण भएको दोस्रो अमेरिकी कम्पनी बन्न सफल रहेको छ । शुक्रबारको कारोबारमा अमेजनको शेयर बजारमा गिरावट आए सँगइ  कम्पनीको बजार पूँजीकरण ६८ अर्ब १० करोड घटेर ८ खर्ब ३ अर्ब २८ करोड डलरमा झरेसँगै माइक्रोसफ्टले उसलाई उछिनेको हो ।  

by Anu Rana | Oct 29
img
वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड

वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । वल्र्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

by RSS | Oct 23
img
एप्समार्फत जनगुनासो सम्बोधन

बागलुङको जैमिनी नगरपालिकाले मोबाइल एप्समार्फतसर्वसाधारणका गुनासो सम्बोधन गर्ने कार्य थालनी गरेको छ । नगरपालिकाले मोबाइल एप्समार्फत सर्वसाधारणले नगरका कामको विषयमा राखेका जिज्ञासा र काम कारवाहीका विषयमा उठेका प्रश्नको जवाफ मोबाइल एप्समार्फत नै दिने कार्यको थालनी गरेको हो । नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले

by RSS | Oct 23
img
गूगलले आफ्नो सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गऱ्यो

गूगलले उसको सोसियल मिडिया प्लेटफर्म बन्द गरेको छ । सन् २०११ मा फेसबूकसँग प्रतिस्पर्धा गर्न ल्याइएको गूगलप्लसले सोचेअनुरूपको प्रतिफल नदिए सँगइ अमेरिकाको विशाल इन्टरनेट कम्पनी गूगलले उपभोक्ताद्वारा प्रयोग गरिने आफ्नो अनलाइन सोशल नेटवर्क बग बन्द गर्ने घोषणा गरेको छ।

by Anu Rana | Oct 10
img
प्रेस काउन्सिलको डिजिटल संवाद शुरु

प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सदस्य बुढाथोकीले पत्रकारिताको क्षेत्रमा धेरै परिवर्तन आएकाले अहिलेको

by RSS | Oct 10
img
वायरलेससहितको इन्टरनेट

दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकार गठन भएको डेढ वर्षसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा गाउँमा

by RSS | Oct 07
img
कलाकारलाई युट्युबको भर

एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ ।

by RSS | Oct 07
img
मोबाइल फोनबाट रक्त सेवा शुरु

समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झेर

by RSS | Oct 07
img
टेलिफोन अवरुद्ध

विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिनुभयो । 

by RSS | Oct 01
img
सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो ।

by RSS | Sep 21
img
डिजिटल प्रणालीको शुभारम्भ

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताउनुुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उहाँले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा

by RSS | Sep 20
img
संविधान दिवसमा टेलिकमको सहुलियत योजना

नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक

by RSS | Sep 16
img
सञ्चार नीतिमा छलफल

प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा संविधानबमोजिम खुला, जनमुखी, पारदर्शी र जवाफदेही राज्य व्यवस्थालाई मूर्तरुप दिन स्वतन्त्र, उत्तरदायी र जिम्मेवार आम सञ्चारमाध्यमको भूमिकालाई आत्मसात गर्दै नागरिकको सुसूचित हुन पाउने र अभिव्यक्त गर्न पाउने व्यवस्थालाई

by RSS | Sep 14
img
ठूला कार्यालयमा विद्युत् नजाने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताउनुभएको हो ।

by RSS | Sep 14
img
एक कल फोन गर्न डाँडामा

यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टौँ हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता

by RSS | Sep 09
img
प्रविधिमैत्री बन्दै रत्ननगर

रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्÷छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पाउने भएका हुन् ।

by RSS | Sep 07
img
एनालग प्रविधि बन्द गर्न कडाइ

काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिनुभयो । “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो”,

by RSS | Sep 06