यात्रा

img
पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) को ४६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटनका अवसरमा उहाँले पर्यटकीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

by RSS | May 10
img
वाग्मती तीर्थयात्रा शुरु

कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो ।

by RSS | May 10
img
विरेठाँटी–हिडनलेक पदमार्ग सञ्चालनमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण दिनप्रतिदिन सङ्कटमा पर्दै गएको पदमार्गको इतिहासलाई जीवित राख्ने ध्येयका साथ वैकल्पिक पदयात्रामार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

by RSS | May 10
img
विमानस्थलको ‘डिपिआर’ तयार

बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

by RSS | May 10
img
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

by RSS | May 10
img
बन्द जुम्ला विमानस्थल सञ्चालनमा

वैशाखदेखि बन्द रहेको जुम्ला विमानस्थाल आजदेखि सञ्चालनमा आएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि बन्द भएको विमानस्थल आजदेखि नियमित सञ्चालन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले बताउनुभयो । बाँकी रहेको स्तरोन्नतिको काम समयमै सकिएकाले आजदेखि विमानस्थल सञ्चालनमा आएको उहाँको भनाइ थियो ।

by RSS | May 09
img
जोमसोम विमानस्तरको स्तरोन्नति शुरु

पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

by RSS | May 09
img
लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिँदै

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।

by RSS | May 08
img
अलौकिक धाम गलेश्वर

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ ।

by RSS | May 08
img
लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्ने

तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भ्रमण वर्षको प्रचारप्रसारका लागि आज तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गर्दै नगरपालिकाका उपप्रमुख मीरा जोशीले भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

by RSS | May 08
img
काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो ।

by RSS | May 08
img
प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल

पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो ।

by RSS | May 08
img
आधार शिविरबाट क्याम्प चारतर्फ

मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प एक र दुई हुँदै क्याम्प चारतर्फ उकालो चढ्न थालेका छन् । सोमबार मौसम राम्रो भएकाले मङ्गलबार बिहानै आरोहीका सहयोगी शेर्पा आवश्यक सामग्रीसहित क्याम्प चारतर्फ प्रस्थान गरेको आधार शिविरबाट आरोही कामीरिता शेर्पाले जानकारी दिनुभयो ।

by RSS | May 08
img
लुम्बिनी भ्रमण वर्षको पोखरामा निम्तो

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँः शान्तिको सन्देश फैलाऔँ’ भन्ने नारासाथ प्रदेश नं ५ को ‘उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज पोखरामा लुम्बिनी भ्रमण वर्ष’ विषयक अन्तक्र्रिया गरिएको छ ।

by RSS | May 08
img
बन्द विमानस्थल सञ्चालन हुने

बन्द जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो । धावनमार्गको बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भारका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिएको हो ।

by RSS | May 08
img
सिमकोटलाई पर्यटकीय गन्तव्य बनाइने

कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र नभई कर्णालीका दश जिल्ला नै पर्यटनको प्रचुर सम्भावना बोकेका स्थान हुन् । हुम्ला कैलाश मानसरोवर दर्शन मार्ग भएकाले सिमकोट गाउँपालिकालाई मुख्य पर्यटकीय गन्तव्य बनाइने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । बाह्य पर्यटक बढी आउने समय जेठ र असारदेखि शुरु हुन्छ ।

by RSS | May 07
img
अल्ट्रालाइट विमान दुर्घटना

पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ । सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ ।

by RSS | May 07
img
पर्यटन प्रवद्र्धनका लागि सात परिपथ बनाइँदै

राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ ।

by RSS | May 07
img
कुमारी झरना पर्यटकको रोजाइमा

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

by RSS | May 06
img
मायालु डाँडामा अब हरियाली पार्क

म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो ।

by RSS | May 06