यात्रा

img
धनगढी विमानस्थलमा हवाई सेवा बन्द

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो ।

by RSS | May 05
img
गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन् ।

by RSS | May 03
img
हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

by RSS | May 03
img
पर्यटक प्रवद्र्धन अभियान चलाइने

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् ।

by RSS | May 02
img
रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

रसुवागढी हँुदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

by RSS | Apr 30
img
सगरमाथामा गाउँ चिनाउने झण्डा

कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेपाले आफ्नो १४ औँ पटकको सगरमाथा आरोहणमा गाउँ चिनाउने झण्डा फहराउने हुनुभएको छ । मुुलुकका प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने प्रयासअनुरुप आरोही शेर्पाले ‘मेरो गाउँ मेरो ठाउँ’ उल्लेखित झण्डा सगरमाथामा फहराउन लाग्नुभएको हो ।

by RSS | Apr 30
img
हिमाल आरोहणः दुई महीनामै ५० करोड ‘रोयल्टी’

संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् ।

by RSS | Apr 30