mobile

विद्युतबाट चल्ने सिटीस्मार्ट कार ‘इटुओ प्लस’ बजारमा

By Man Bdr. Bohara on Sep 20,2017 - 21:07

‘इटुओ प्लस’ नयाँ सिटीस्मार्ट कार बजारमा आएको छ । महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले नयाँ सिटीस्मार्ट कार ‘इटुओ प्लस’ सार्वजनिक गरेको हो । अत्याधुनिक  इलेक्ट्रिक ड्राइभट्रेन प्रविधि प्रयोग भएको भनिएको ‘इटूओ प्लस’  एकपटक चार्ज गरेपछि ८० किलोमिटर प्रतिघण्टा १ सय ४० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ । उक्त कारमा चार जना यात्रु बस्न मिल्ने बताइएको छ ।

महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन हेड अरविन्द माथेयुले भारतको एकीकृत तथा अग्रणी मोबिलिटी सोलुसनले भारतभर इलेक्ट्रिक साधनको पहुँच पुर्याउने लक्ष्य अनुसार यो कार उत्पादन गरिएको जानकारी दिदै अब नेपालका लागि समेत यो विद्युतीय कार उपयोगी हुने बताएका छन् । नेपाल सरकारको विद्युतीय सवारी साधन प्रति सहयोगात्मक एवम् सकारात्मक नीति र ग्राहकलाई प्रयोग गर्न पनि सहज भएको बताइएको छ । 

नयाँ कार नविनतम विशेषता भएको र घरमै चार्ज गर्न सकिने सुविधा रहेको कप्नीले जनाएको छ । कम्पनीले ‘टूओ प्लस’को मूल्य ३१ लाख रुपैयाँ तोकेको छ । इटूओ प्लसमा  स्मार्ट फोन एप्स, इन्फोटेनमेन्ट सिस्टम, रिजेनेरेटिभ ब्रेकिङ, रिभाइभ, अटोमेटिक म्यासेजिङ लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । ४ वटा ढोका रहेको, आरामदायी सीट भएको यो कार कोरल ब्लु, स्पार्किङ्ग रेड वाइन, आर्सेटिक सिल्भर, सोलिड व्हाइट रंगमा उपलव्ध रहेको कम्पनीले कम्पनीले जनाएको छ । 


SUGGESTED ARTICLES

img
हुवाईले सुरुवात गरे स्मार्टफोन मेट १० र मेट १० प्रो

हुवाईले नयाँ म्युनिख स्मार्टफोनफोन - हुआवेई मेट १० र मेट १० प्रोलाई म्युनिखमा एक कार्यक्रममा उतारेका छन्। दुवै स्मार्टफोन्ले निकट खेल(बेजेल कम प्रदर्शन र एप्पल को आईफोन एक्स को सामना गरेको छ)।


by Shreya | Oct 17

img