mobile

प्रभु इन्स्योरेन्सद्धारा लाभांश घोषणा

By Man Bdr. Bohara on Sep 20,2017 - 15:01

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट १९.२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको जनाइएको छ । 

बैठकले हाल कायम चुक्ता पुंजीको १९.२० प्रतिशतले हुन् आउने ११ करोड ८ लाख ८४ हजार ५ सय ३९ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने जनाइएको छ । 



SUGGESTED ARTICLES

img
किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री

पश्चिम नवलपरासीको सरावल गाउ“पालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । दुई बिगाहा १५ कट्ठा दुई धुर जग्गा किर्ते कागजातका आधारमा


by RSS | Jul 20

img