mobile

प्रविधिाको विकास : राजपत्रमा प्रकाशित सूचना मोबाइलबाटै हेर्न मिल्ने

By Man Bdr. Bohara on Sep 20,2017 - 20:05

अबका आउँदा दिनहरुमा नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न मिल्ने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको बताइएको छ । 

उक्त मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोजन् सकिने व्यवस्था गरिएको छ । 

चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने बताइएको छ । 

“यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाएर लैजान्छौँ,”– एक जना अधिकारीले भनेका छन्

मुद्रण विभागले बनाएको राजपत्रलाई उक्त विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो । उक्त विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको बताइएको छ । 

SUGGESTED ARTICLES

img
एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर्जना गर्न योगदान पुर्‍याउँदै आएको छ ।


by Anu Rana | Jun 21

img