mobile

एप्पल ‘आइओएस ११’ कुन-कुन मोडलमा अपडेट हुन्छ?

By Man Bdr. Bohara on Sep 21,2017 - 20:53

एप्पलले आफ्ना प्रयोगकर्ताका लागि अपरेटिङ सिस्टमको पछिल्लो संस्करण आइओइएस ११ जारी गरेको छ। सेप्टेम्बर १९ तारिखमा आधिकारीकरुपमा सार्वजनिक गरिएको आइओएस ११ नेपाली प्रयोगकर्तालाई पनि उपलब्ध भइसकेको छ।आइओएस ११ सन् २०१३ देखिका आइफोन, आइप्याड र आइप्याड टचमा अपडेट हुन्छ।

कुन कुन मोडलमा हुन्छ अपडेट?

आइफोनः

आइफोन ७

आइफोन ७ प्लस

आइफोन ६ एस

आइफोन ६ एस प्लस

आइफोन ६ प्लस

आइफोन एसइ

आइफोन ५ एस

आइप्याडः

१२.९ इन्च आइप्याड प्रो (२०१६)

१२.९ इन्च आइप्याड प्रो (२०१७)

९.७ इन्च आइप्याड प्रो

१०.५ इन्च आइप्याड प्रो

आइप्याड (पाँचौं पुस्ता)

आइप्याड एयर २

आइप्याड एयर

आइप्याड मिनी ४

आइप्याड मिनी ३

आइप्याड मिनी २

आइपड टच (छैठौं पुस्ता)

कसरी गर्ने अपडेट? के आवश्यक छ?

आइओएस ११ इन्स्टल गर्न सबैभन्दा पहिले तपाईंको आइफोन वा आइप्याडमा २ जिबी मेमोरी खाली हुनपर्छ। त्यसपछि आफ्ना फोटा, म्यासेज र आवश्यक डकुमेन्टको ब्याकअप राख्ने। ताकी कुनै कारणवश यी सबै नहटून्। यसका निम्ति सेटिङबाट आइक्लाउडमा गएर ब्याकअपमा जाने। आइओएस अपडेट गर्न राम्रो वाइफाइ कनेक्सन आवश्यक छ।

यी सबै कुरा भएपछि माथि उपलब्ध मोडलका सेटिङमा जाने। त्यहाँ जनरलमा क्लिक गर्ने जहाँ सफ्टवेयर अपडेटको विकल्प देखा पर्छ। यसमा क्लिक गरेपछि आइओएस ११ डाउनलोड सुरु हुन्छ। डाउनलोड भएपछि आइओएस ११ का नियम तथा शर्त स्वीकार गर्ने। यसपछि तपाईंको आइफोन वा आइप्याड रिस्टार्ट हुन्छ।

के के छन् नयाँ सुविधा?

कन्ट्रोल सेन्टरः

यो सबै अब एकै पेजमा देखिनेछ। आइफोन माथितिर स्वाइप गरेपछि थ्रीडी कन्ट्रोल सेन्टर देखिनेछ। यसबाट म्युजिक, ब्लुटुथ, एयरप्लेन मोड, वाइफाइ, नाइट मोड, स्क्रिन मनिटरिङ, क्यालकुलेटर, क्यामरा, टर्च लाइट, भोल्युम कन्ट्रोल, ब्राइटनेस कन्ट्रोल, टाइमर (अर्लाम, वल्र्ड क्लक, स्टपवाच), सेलुलर डाटा र पोट्रोट ओरेन्टसनको पहुँच हुन्छ। यसको टर्चमा विशेष सुविधा थपिएको छ। यसमा स्टेप–स्टप गरेर प्रकाश घटी–बढी गर्न सकिन्छ।

फाइल्स एपः

यसमा नयाँ एप थपिएको छ। फाइल्स एपमार्फत् प्रयोगकर्ताले आइक्लाउड ड्राइभलगायत अन्य ठाउँमा भएका सबै आफ्ना डकुमेन्टहरु एकै ठाउँमा राख्न सक्नेछन्। यो एप स्टोरमा उपलब्ध हुनेछ।

क्यामरा अपडेटः

क्यामरामा निकै विस्तार गरिएको छ। यसमा नयाँ फिल्टरहरु थपिएका छन्। त्यसबाहेक फोटो खिच्दा यसको फोकसमा पनि परिवर्तन छ। त्यस्तै फोटो एल्बम भ्यु पनि परिवर्तन भएको छ।

म्यासेन्जर एपः

यसमा जीआइएफ, स्टिकर र इमोजीहरुको सहज पहुँच हुने गरी अपडेट गरिएको छ।

सिरीः आइओएस ११ मा सिरीको नयाँ आवाज छ। अमेरिकन पुरुष र महिला दुवैको स्वर भएको सिरी आगामी दिनमा अरु भाषामा पनि उपलब्ध हुनेछ।

एप स्टोरः

आइओएस ११ मा एप स्टोर पूर्णरुपमा पुनर्डिजाइन गरिएको छ। ‘टुडे’ नामक नयाँ ट्याबमा दैनिकरुपमा आएका एप र एप डेभ्लपरबारे जानकारी दिनेछ। त्यस्तै ‘गेम्स’ ट्याबले गेमहरुमा के भइरहेको छ भन्नेबारे जानकारी गराउनेछ। यीबाहेक म्याप अपडेट, डु नट डिस्टर्ब ह्वाइल ड्राइभिङ मोड लगायतका अन्य थुप्रै फिचर यसमा उपलब्ध छन्।

                             विभिन्न एजेन्सीको सहयोगमा 

SUGGESTED ARTICLES

img
हुवाईले सुरुवात गरे स्मार्टफोन मेट १० र मेट १० प्रो

हुवाईले नयाँ म्युनिख स्मार्टफोनफोन - हुआवेई मेट १० र मेट १० प्रोलाई म्युनिखमा एक कार्यक्रममा उतारेका छन्। दुवै स्मार्टफोन्ले निकट खेल(बेजेल कम प्रदर्शन र एप्पल को आईफोन एक्स को सामना गरेको छ)।


by Shreya | Oct 17

img