mobile

बंगाली चलचित्र ‘यती आभिजान’ को नेपाली भर्सन ‘यती’

By Man Bdr. Bohara on Sep 22,2017 - 15:17

यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको एडभेञ्चरस फिल्म ‘यती’ ले गएको हप्ता रिलिज भएका चलचित्रसँगै प्रतिस्पर्धा गर्ने भएको हो । त्यसकारण यसअघि नै रिलिज भएका दुई रुपैयाँ, जोनी जेन्टलम्यानले केही राहत पाउने विश्लेषण गरिएको छ । ‘यती’ सम्भवतः नेपाली भाषामा डबिङ गरिएको पहिलो बंगाली चलचित्र हो  । ‘यती’ बंगाली चलचित्र ‘यती आभिजान’ को नेपाली भर्सन हो । सुनिल गंगोपाध्यायको बंगाली उपन्यास ‘पहार चुरोय आंतको’ मा आधारित चलचित्र ‘यती’ श्रीजित मुखर्जीले निर्देशन गरेका हुन् । 

स्वीट्जरल्याण्डका हिमाली क्षेत्रको दृश्यहरु समेटिएको यस चलचित्रका सिनेमाटोग्राफर सौमिक हलदार हुन् । चलचित्रमा बंगाली चलचित्र उद्योगका स्टार अभिनेता प्रसोनजित चटर्जीले अभिनय गरेका छन् ।  ‘यती’ मा आर्यन भौमिक, जिस्शु सेन गुप्ता, विद्या सिन्हालगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र हिममानव ‘यती’ को रहस्यका बारेमा आधारित छ । 

हिमालय क्षेत्रमा हिममानव ‘यती’ रहेको विश्वास भए पनि आजसम्म कैसैले देखेको छैन । त्यही रहस्योद्घाटन ‘यती’ चलचित्रमा हुनेछ । चलचित्रका पात्र काकाबाबु र शान्तुले त्यही रहस्य पत्ता लगाउनका हिमालय क्षेत्रको यात्रामा निस्कन्छन् । श्रीकान्त मोहता र महेन्द्र सोनीको निर्माण रहेको यस चलचित्रमा इन्द्रदीप दास गुप्ताको संगीत रहेको छ । टेलर यस्तो छ हेर्नुहोस्, 


SUGGESTED ARTICLES

img
बलिउड सेलिब्रिटीहरू जो हुन् एक-अर्काका सम्बन्धि

परिवारलाई सामान्यतया पति, पत्नी र बच्चाको समूह भनिन्छ, तर संसारको धेरै भागहरूमा यो वासावल रक्त रगतका रिजर्भेसनहरू समावेश छन्, जसमा विवाह र गोदाम अभ्यासद्वारा अनुमोदितहरू समावेश छन् । हामी परिवार हौ! र होइन, हामी हानिकारक चलचित्रको बारेमा कुरा गरिरहनु भएको छैन!


by Sujata Bhattarai | Today, 09:46 PM

img