mobile

को बन्ला प्रथम नेपाल आइडल ?

By Man Bdr. Bohara on Sep 22,2017 - 17:29

शुक्रबार प्रथम नेपाल आइडलको घोषणा हुने भएको छ । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल घोषणा गरिने भएको हो । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई,  पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी नेपाल आइडल बन्नेछन् ।  सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ शुक्रबार बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउनेछन् ।

प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउने बताइएको छ । भोटका आधारमा नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद पाउने बताइएको छ । 

नेपाल आइडलको फाइनलमा पुगेका सबै कलाकार ‘अब्बल’ छन् । तर पनि प्रतियोगिता भएकाले एक जना विजेता घोषित हुनेछन् । नेपाल आइडलमा विजेता हुनु भनेको सांगीतिक यात्राको सर्वोच्च शिखर पुग्नु होइन । प्रतियोगिताबाट बाहिर निस्केर प्रतिस्पर्धामा उत्रन सक्ने मात्रै नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुनेछन् ।


SUGGESTED ARTICLES

img
‘मिस्टर भर्जिन’को ‘टुल्की’ रिलिज

विशारद बस्नेत निर्देशित फिल्म ‘मिस्टर भर्जिन’ को पहिलो गीतको अडियो सार्वजनिक भएको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानल मार्फत ‘टुल्की’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो । उक्त ‘टुल्की’ बोलको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ ।


by Anu Rana | Feb 25

img