mobile

समानुपातिको मतपत्र छपाइको तयारीमा निर्वाचन आयोग

By R. sharma on Oct 02,2017 - 22:33

निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ मंगलबारबाट शुरु गर्ने भएको छ । प्रतिनिधी सभा र प्रदेश सभाका लागी एउटै मतपत्र भित्र दुइ खण्ड रहने गरी यसअघीनै मतपत्रको ढाँचा स्वीकृत गरेको आयोगले मतपत्रको छपाइको जिम्मा जनक शिक्षा समाग्री केन्द्रलाई दिएको छ । समानुपातिक तर्फको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधी सभाका लागि समानुपातिक तर्फ भाग लिएका दलहरुको निर्वाचन चिन्न रहने छ भने तल्लो खण्डमा प्रदेश सभाका लागि समानुपातिक तर्फ भाग लिएका राजनीतिक दलको निर्वाचन चिन्न रहने आयोगले जनाएको छ । समानुपातिक तर्फको मतपत्र भने हल्का रातो रंगको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

२० गते सम्ममा मतदाता नामावलीलाइ अन्तिम रुप दिने बताएको आयोगले करिव १ करोड ५५ लाख जाति मतदाता कायम हुन सक्ने अनुमान गरेको छ । यसकालागि समानुपातिक तर्फ मात्र १ करोड ८० लाख मत पत्र छापिने आयोगले बताएको छ । प्रतीनीधि सभाका लागि समानुपातिक निर्वाचन तर्फ ८८  दलले निर्वाचन चिन्न प्रप्त गरेका गरेका छन् भने प्रदेश सभा समानुपातिक तर्फ भने प्रदेश अनुशार निर्वाचमा भाग लिएका दलहरुको संख्या फरक फरक रहेको छ । सवै भन्दा बढी प्रदेश नम्बर १ मा ८७ दल  र सवै भन्दा कम प्रदेश नम्बर ४ मा ८२ राजनीनित दलहरुले समानुपातिक तर्फ निर्वाचन चिन्न पाएका छन् । 

SUGGESTED ARTICLES

img
किन दिपावलीलाई लाइट्सको उत्सव भनिन्छ?

विश्वको रूपमा दिवालीको उत्सवको साक्षी हो। पटाखेहरूको आवाज र प्रकाशको चमकले दिवालीको उत्सव साबित गर्दछ। खुशी र प्रेम सबै ठाउँमा र सबैलाई देखाइन्छ। अन्य धर्म मानिसहरूको तुलनामा हिन्दुको जीवन अझ महत्त्वपूर्ण छ।


by Sujata Bhattarai | Today, 09:16 PM

img