mobile

दशगजा क्षेत्रमा भएको आन्दोलनका नेतृत्वकर्ता भारतिय हिरासतमा

By R. sharma on Oct 02,2017 - 22:41

सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा करिब एक वर्ष अगाडि भएको आन्दोलनका नेतृत्वकर्ता सप्तरीका देवनारायण यादवलाई भारतीय प्रहरीले हिजो हिरासतमा लिएको छ । गत शनिवार राती कुनौलीमा झगडा गरेको भन्दै भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन भारतीय प्रहरी कार्यालय गएका बेला भारतको कुनौली थानाका प्रहरीले हतकडी लगाएर नियन्त्रणमा लिएको तिलाठी कोइलाडी गाउँपालिका१ का वडा अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिनुभयो । देवनारायणका छोरासहित तीन जना युवालाई भारतीय प्रहरीले पक्राउ गरेकोमा अन्यलाई छाडेपनि आफ्ना छोरालाई नछाडेपछि उनी प्रहरी कार्यालयमा बुझ्न गएका थिए ।


देवनारायणका छोरा अजयले करिब तीन महिना अघि कुनौली बजारकै युवती ज्योती कुमारी साहलाई भगाएर प्रेम विवाह गरेका थिए । सोही विषयलाई लिएर ज्योतीका बुवाले देवनारायण सहित चार जनामाथि अपहरण मुद्दा दर्ता गराएका थिए । अपहरण गरेको भनिएकी देवनारायणकी बुहारी ज्योतीले आफुले अजयसँग सहमतीमै प्रेम विवाह गरेको बताएकी छन ।गत वर्ष साउन १६ गते बाँध निर्माणको विषयमा दशगजामा भारतीय पक्षसँग भएको झडपमा देवनारायणसहित ६ जना घाइते भएका थिए । उक्त घटना हुँदा कुनौलि थानाका प्रमुख रहेका अधिकृत अहिले पनि सोही थानाका प्रमुख रहेका छन ।

SUGGESTED ARTICLES

img
‘नुवाकोट ३ नं प्रदेशको राजधानी उपयुक्त’

ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशकाको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । 


by RSS | Today, 05:16 PM

img