mobile

एक करोड ५४ लाख २७ हजार सातसय ३१ मतदाता कायम

By R. sharma on Oct 04,2017 - 10:12

मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा एक करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाताहरुले मात्र भोट खसाल्न पाउने भएका छन् ।

नामावलीअनुसार पुरुष मतदाता ७७ लाख ७६ हजार चार सय ९६ छन् भने महिला ७६ लाख ५१ हजार ५६ छन्। स्वीकृत नामावलीअनुसार प्रदेश नं. १ मा २९ लाख ९३ हजार ६ सय ६९ र प्रदेश नं. २ मा २७ लाख ६९ हजार तीन सय ६९ मतदाता छन्। यस्तै प्रदेश नं. ३ मा ३० लाख ७४ हजार चार सय १२, प्रदेश नं. चारमा १३ लाख ६८ हजार आठ सय २९ र प्रदेश नं. ५ मा २७ लाख ४० हजार आठ सय ४८ मतदाता छन्। प्रदेश नं. ६ मा आठ लाख ४६ हजार नौ सय ३३ र प्रदेश नं. ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता छन्। सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेकै दिन भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको नाम नामावलीमा समावेश गरिएको हो। स्वीकृत मतदाताको नामावली वेबसाइटमा प्रकाशन गरेको छ।

SUGGESTED ARTICLES

img
सुकुम्वासी बस्तीमा खानेपानी र सरसफाइ कार्यक्रमको प्रभावकारिता

काठमाडौँ र भक्तपुरका विभिन्न छवटा सुकुम्वासी तथा सोवासी बस्तीमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रम निकै प्रभावकारी भएको मिनर्जी नामक संस्थाले दाबी गरेको छ । 


by RSS | Today, 12:33 PM

img