mobile

काभ्रेमा सहकारीद्वारा पहिलो एटिएम सेवा

By Shreya Pokharel on Oct 08,2017 - 12:18

काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले आजदेखि एटिएम कार्ड संचालनमा ल्याएको छ । पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गर्नुभयो । 

सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गर्नुभयो । 

सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाउनुभयो ।विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु एक अर्ब ४२ करोड पाँचलाख बचत गरेको छ भने रु एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् । 

सो अवसरमा १४ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सामुदायिक तथा निजी विद्यालयतर्फ एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीलाई पदक तथा नगद पुरस्कारले सम्मान गरिएको थियो । रासस

SUGGESTED ARTICLES

img
नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने  

उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन।


by Anu Rana | Dec 15

img