mobile

नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनबारे छलफल

By Shreya Pokharel on Oct 09,2017 - 12:24

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । 

छलफलका क्रममा दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको छ । सचिव बैरागीले आजै बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसँग दुईपक्षीय बैठक गर्नुभएको थियो । उहाँहरुबीच दुई देशबीच यातायात र सम्पर्क सञ्जाल विस्तारका लागि समन्वय बढाउने विषयमा कुराकानी भएको थियो । 

सो भेटघाटमा बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारी तथा नेपाली राजदूतावासका अधिकारीको सहभागिता थियो । रासस

SUGGESTED ARTICLES

img
निक्षेप संकलन घट्यो

विदेशी मुद्रामा वाणिज्य बैंकहरुमा हुने निक्षेप घट्दा निक्षेप ओरालो लागेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकसँग गत माघको ७ सम्ममा २२ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप थियो ।


by Anu Rana | Feb 24

img