mobile

धितोपत्र बजार : आज पनि ओरालो

By Shreya Pokharel on Oct 09,2017 - 17:12

धितोपत्र बजार आज पनि ओरालो लागेको छ । दशैँको लामो बिदापछि खुलेको बजार आइतबार ३२ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ८.१२ अंकले ओरालो लागेर एक हजार ५०१ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५३ अंकले घटेको छ । आज अन्य समूहबाहेक अरु सबै समूहका शेयर ओरालो लागेको छ । कूल १५२ कम्पनीको छ लाख ४३ हजार पाँच कित्ता शेयर रु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा कारोबार भएको छ । 

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ नौ, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ । 

राजनीतिक उतारचढाव रहेका कारण बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डले भने धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन आग्रह गरेको हो । रासस

SUGGESTED ARTICLES

img
अंग्रेजी बोल्ने पाइलट खोज्दै अफ्रिकासम्म  

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाई–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो। मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ।


by Anu Rana | Jun 24

img