mobile

अनुशासन पालानामा जोड दिन निर्वाचन अधिकृतलाई आयोगको आग्रह

By R. sharma on Oct 11,2017 - 11:03

निर्वाचन आयोगले अनुशासन पालानामा जोड दिन निर्वाचन अधिकृतहरुलाई आग्रह गरेको छ ।  आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका हुन ।

स्थानीय तह निर्वाचनमा खटिएका केही मुख्य निर्वाचन अधिकृतबाट आर्थिक अनुशासन पालना नभएको तथा कार्यसम्पादन पनि चित्तबुझ्दो नभएको जनाउँदै आयोगले आगामी दिनमा यस्ता घटना दोहोरिन नपाउन् भनी न्यायाधीशलाई सो चेतावनी दिएको हो ।

संविधानसभाको २०७० सालको निर्वाचनमा केही मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट आर्थिक अनुशासन उल्लंघन भएको जनाउँदै महालेखा परीक्षकको कार्यालयले १४ करोडरुपैयाँ बेरुजु देखाएको थियो ।

सो क्रममा एकजना मुख्य निर्वाचन अधिकृतको नाममा मात्रै पनि करिब रु १५ लाख बेरुजु रहेको आयुक्त साहले प्रशिक्षणमा जानकारी दिए ।स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा पनि एकजना निर्वाचन अधिकृतले खानेपानीका लागि पनि नौ लाख रुपैयाँ माग गरेको घटना सो अवसरमा सुनाइयो । एकजना मुख्य निर्वाचन अधिकृतले स्थानीय तहको ३९ पटक भ्रमण गरेको भनी भ्रमणभत्ता बुझेको विषयले पनि प्रशिक्षणमा चर्चा पाएको थियो ।

केही जिल्ला विशेषका मुख्य निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचनका क्रममा राति १२ बजेपछि निर्वाचनमा खटिने कर्मचारीको नामावली टाँसिएको घटनाले कर्मचारी खटनपटनमा पनि चलखेल भएको हुनसक्ने आयुक्त साहले आशंका गर्नुभयो ।

न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्यायसेवाका उपसचिवलाई यही असोज १९ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।

SUGGESTED ARTICLES

img
राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।


by R. sharma | Feb 25

img