mobile

नयाँ शक्तिद्वारा उम्मेदवार सिफारिश

By Shreya Pokharel on Oct 11,2017 - 12:26

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा नयाँ शक्ति पार्टीले उम्मेदवार छानेको छ । 

तीन प्रतिनिधि सभा र छवटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं ३ मा इलियास मुसलमानलाई सिफारिश गरेको छ । 

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं ३ को (क) मा मसहुद खां नेपाली, (ख) मा देवबहादुर भुसाललाई सिफारिश गरिएको छ । 

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको पार्टी जिल्ला संयोजक नारायण खनालले जानकारी दिनुभयो । 

यता प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारी, क्षेत्र नं २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिश गरेको खनालले बताउनुभयो । रासस

SUGGESTED ARTICLES

img
राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।


by R. sharma | Feb 25

img