mobile

१९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान

By R. sharma on Oct 11,2017 - 19:22

लोकसेवा आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारी पदपूर्तिका लागि आज विज्ञापन गरेको हो ।

रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको छ। सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ। दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने भएको छ। मंसिरको दोस्रो हप्ता परीक्षा हुने भनेता पनि निर्वाचनका कारण मंसिर मसान्तमा पुगेको उपसचिव सुवेदीले जानकारी दिए। त्यस्तै अधिकृत तहका लागि पनि आगामी कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी भइरहेको आयोगले बताएको छ । आयोगले आफनै कार्यतालिका अनुशार पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो ।

SUGGESTED ARTICLES

img
यी ४ कुराहरू विचार गर्नुहोस् काम छोड्नुअघि

यदि तपाईं आफ्नो पेसामा खुसी हुनुहुन्न् भने, मलाई थाह छ !आइतबार राती चाँडै डरको साँझमा घुम–घुमाउन सक्नुहुन्छ । ‘‘ सप्ताहांत भन्दा माथि छ, काम हप्ता अगाडी बढ्छ ’’। तपाईंको आइतबार बिराला दिनहरू छन्।


by Shreya | Today, 05:00 PM

img