mobile

कानुन मन्त्री भन्छन्, मंसिर १० को चुनाव सर्न सक्छ 

By R. sharma on Oct 11,2017 - 20:11

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्न सक्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने निर्वाचन २१ एकै चरणमा पनि गर्न सकिने भन्दै निर्वाचन सर्न सक्ने संकेत गरेका हुन ।

 विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने मन्त्री थापाको भनाइ छख। केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे। उनले भने, ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन।’

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकसाथ मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img