mobile

काँग्रेस सुनसरी–४ बाट प्रत्यक्षमा अर्थमन्त्री कार्की,  समानुपातिकमा आचार्य सिफारिस

By R. sharma on Oct 11,2017 - 21:38

सुनसरी कांग्रेसले जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका उमेर्द्वारहरु सिफारिस गरेको छ । पार्टीमा  कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उमेर्द्वार सिफारिस गरेको हो । यसै क्रममा  युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् ।

गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्बाचन लड्ने   मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम सिफारिस गर्न आचार्य सहमत भएका हुन् ।

२० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय छन् । माओबादी कालमा काँग्रेस भएकै कारण पटक पटक माओबादीबाट सांघातिक हमला तथा  अपहरणको सामना  गरेका  आचार्य स्थानीय जनतासामु लोकप्रीय नेता मानिन्छन् ।पोखरा माहाधिवेशनमा सम्पन्न नेपाल तरुण दलको माहासचिबको लागि उमेर्द्वारी दिएर चर्चामा आएका आचार्य नीडर तथा शसक्त युवा नेताको रुपमा परिचित छन् । 

उनी लामो समयदेखी सामाजिक कार्यमा कृयाशील रहदै आएका छन् । उनलाई नेपाली काँग्रेस जिल्ला कार्यकार्यसमिति सुनसरीले समानुपातिकतर्फको कोटामा सिफारिस गरेको हो ।जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उमेर्द्वारका रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img