mobile

डा. केसीको माग अनुसार विधेयकमा परिमार्जन गरिदै, एमाले विरोधमा

By R. sharma on Oct 11,2017 - 22:16

अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले संसद सचिवालयमा दर्ता गरेका छन्। सदन दर्ता संसोधनमा भने प्रमुख विपक्षी दल नेकपा एमालले प्रक्रियागत प्रश्न उठाउँदै त्यसमा बिरोध जनाएको छ।

डा. केसीका प्रतिनिधि र मन्त्रालयबीच भएको छलफलमा भएको सहमति अनुसार उक्त प्रस्ताव दर्ता गरिएको बताइएको छ । जुन प्रस्तावको मध्यस्थता पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए।

१३ ‌औं पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको मुख्य मागको रुपमा उठाउँदै आएको चिकित्सा शिक्षा विधेयक संसदीय समितिले पारित गरेपछि पनि त्यसमा फेरबदल गरिएको आरोप केसी पक्षले लगाउँदै आएको छ ।

एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, तीन वर्षसम्म अस्पताल पूर्ण रुपमा चलाएकाले मात्रै मेडिकल कलेजको लागि आवेदन दिन पाउने, १० वर्ष सम्म काठमाण्डू उपत्यकामा कुनै पनि प्रतिष्ठान र विस्तारित कार्यक्रम सञ्चालन नगर्ने, सरकारी मेडिकल कलेजमा न्यूनतम ७५ प्रतिशत छात्रवृत्ति राख्ने र त्यसलाई बढाउँदै जाने लगायतका विषयहरु सम्बोधन गर्न सरकार तयार भएको बताइएको छ।

तर विधेयकका कारण मनमोहन मेडिकल कलेजको भविश्यमाथि चिन्ता गरेको एमाले नेताहरु भने सरकारले त्यसमा परिमार्जन गर्न नसक्ने समितिको प्रतिवेदनलाई उल्लङघन गरेर जाने अधिकार मन्त्रीलाई  नभएको बताउछ् ।

तर सरकारका मन्त्री गोपाल मान श्रेष्ठले भने समितिमा पठाउँदा ढिलो हुने भन्दै संसदबाटै उक्त विधेयक पारित गराउने तयारी गरेको बताएका छन् ।

SUGGESTED ARTICLES

img
पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको


by RSS | Today, 10:46 AM

img