mobile

ओरालो लाग्दै आर्थिक सुचक, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्व

By R. sharma on Oct 12,2017 - 09:59

राजनीतिक जोट घटाउका बीच भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतनत्रका मुख्य सूचक फेरि धमिलिएका छन्। बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो।

 साउनदेखि सुरु आर्थिक वर्ष २०७४/७५ को पहिलो दुई महिनामा राजस्व लक्ष्यअनुसार उठेको छैन। राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकम बढी भएकाले मुलुकले अन्तर्राष्ट्रिय कारोबारमा करिब ३ अर्ब रुपैयाँको खुद घाटा बेहोरेको छ। निर्यात घट्दोक्रममा छ भने अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा पनि सुधार हुन सकेको छैन।

 अर्थतन्त्रमा करिब ८ प्रतिशत हिस्सा राख्ने धानखेती पूर्वका जिल्लामा गएको बाढीपहिरोका कारण क्षति पुगेको छ। सरकारको जथाभावी भुक्तानीलेसमेत चालु खर्चमा ठूलो दबाब परेको कान्तिपुर दैनिकले खबर छापेको छ ।

SUGGESTED ARTICLES

img
अंग्रेजी बोल्ने पाइलट खोज्दै अफ्रिकासम्म  

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाई–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो। मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ।


by Anu Rana | Jun 24

img