mobile

सविधान सभाबाट रुपान्तरित ब्यवस्थापिकाको भोली बस्ने बैठक अन्तिम बैठक हुने

By R. sharma on Oct 12,2017 - 11:00

सविधान सभाबाट रुपान्तरित ब्यवस्थापिकाको आज बस्ने बैठक अन्तिम बैठक हुने भएको छ ।  दलका नेता र संसद् सचिवालयबीच छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको गरे सगै आजको बैठक नै रुपान्तरित संसदको अन्तिम बैठक हुने भएको हो । सविधानमा उम्मेदवारको मनोनय भएपछि संसद विघटन हुने ब्यवस्था गरिए छ । दलहरुले यस अघी प्रत्यक्ष तर्फको मनोनयलाइ आधार मान्ने बताएपनि अन्तिममा आएर प्रतिनिधिसभाको समानुपातिक सूची मनोनयलाइ आधार बनाएपछि संसद आइतबारबाट विघटन हुने छ भने सनिवार विदा परेको छ ।  निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ।

सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिइसकेकी छन्। सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो। ‘संविधानको व्याख्या गरेर संसद्ले नै निर्णय गरोस् भन्ने पक्षमा रहेको अन्नपूर्ण पोष्टले खबर छापेको छ । सभामुख घर्तीले बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन २७ गते संसद्को ‘अन्तिम बैठक’ हुने जनाउ दिएकी थिइन्।केही सांसदले कात्तिक ४ गतेसम्म संसद् रहने तर्क गरे पनि सभामुखले भविष्यमा संवैधानिक प्रश्न उठ्नसक्ने भन्दै समानुपातिकको सूची दर्ताको अघिल्लो दिन नै संसद्को आयु स्वतः समाप्त हुने तर्क गरेकी थिइन्।एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समानुपातिकको सूची पनि प्रतिनिधिसभाको मनोनयन नै भएको भन्दै शुक्रबारसम्म मात्र संसद् बैठक सञ्चालन हुने बताए।

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img