mobile

चिनियाँ नागरिकलाई भोटेकोशीले बगायो

By Shreya on Oct 12,2017 - 11:03

आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोेक जिल्ला बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

साथीसँगै माछा मार्न गएका मेन्गालाई अहिलेसम्म फेला पार्न नसकेको खोजी कार्यमा जुटेका प्रहरी बताउँछन् । 

स्थानीय बासिन्दासहितको खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले बताउनुभयो । रासस

SUGGESTED ARTICLES

img
किन दिपावलीलाई लाइट्सको उत्सव भनिन्छ?

विश्वको रूपमा दिवालीको उत्सवको साक्षी हो। पटाखेहरूको आवाज र प्रकाशको चमकले दिवालीको उत्सव साबित गर्दछ। खुशी र प्रेम सबै ठाउँमा र सबैलाई देखाइन्छ। अन्य धर्म मानिसहरूको तुलनामा हिन्दुको जीवन अझ महत्त्वपूर्ण छ।


by Sujata Bhattarai | Today, 09:16 PM

img