mobile

राजविराजमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

By Shreya Pokharel on Oct 12,2017 - 11:47

सप्तरीको सदरमुकाम राजविराजमा पुनः अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समितिको आह्वान तथा राजविराजको मैथिली साहित्य परिषद्को आयोजनामा आगामी पुस ७ र ८ गते मैथिली सम्मेलन हुने निर्णय भएको छ । 

राजविराजस्थित मैथिली परिषद् भवनमा भारतको सम्मेलन समितिका पदाधिकारी र परिषद्का पदाधिकारीसहित पूर्वअध्यक्षबीच सम्पन्न संयुक्त बैठकले सम्मेलनका लागि आवश्यक तयारी अविलम्ब अगाडि बढाउने निर्णयसमेत भएको मैथिली परिषद्ले जनाएको छ । 

बैठकले अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजक मैथिली साहित्य परिषद् भएकाले भारतको समितिसँग समन्वय गरी सम्पूर्ण गतिविधि अगाडि बढाउने निर्णय गरिएको छ । भारत, नेपाललगायत अन्य देशका करिब २०० मैथिली भाषाविद्, साहित्यकार, अभियानी, अन्वेषणकर्ता प्रतिनिधिको सहभागिता रहने मैथिली परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार सम्मेलनको पहिलो दिन पुस ७ गते मिथिला पहिरनसहित सांस्कृतिक एवं परम्परागत झाँकीका साथ शोभायात्रा निकालिनेछ । 

कार्यक्रममा सम्मेलन स्मारिका, पुस्तक विमोचन, मिथिला र मैथिलीका लागि विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई मिथिलारत्न प्रदान गरिने लगायतका कार्यक्रम गर्ने बताइएको छ । रासस

SUGGESTED ARTICLES

img
‘नुवाकोट ३ नं प्रदेशको राजधानी उपयुक्त’

ऐतिहासिक राजधानी नुवाकोटलाई ३ नं प्रदेशकाको राजधानी बनाउन आफूहरुले पहल गर्ने प्रतिबद्धता नुवाकोटका निर्वाचित जनप्रतिनिधिले व्यक्त गरेका छन् । 


by RSS | Today, 05:16 PM

img