mobile

सिकलसेल एनिमियाका कारण तीन जनाको मृत्यु

By Shreya on Oct 12,2017 - 12:08

यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् । 

बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पुर्याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिनुभयो । 

मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताउनुभयो । उहाँले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताउनुभयो । सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताउनुभयो । रासस

SUGGESTED ARTICLES

img
किन दिपावलीलाई लाइट्सको उत्सव भनिन्छ?

विश्वको रूपमा दिवालीको उत्सवको साक्षी हो। पटाखेहरूको आवाज र प्रकाशको चमकले दिवालीको उत्सव साबित गर्दछ। खुशी र प्रेम सबै ठाउँमा र सबैलाई देखाइन्छ। अन्य धर्म मानिसहरूको तुलनामा हिन्दुको जीवन अझ महत्त्वपूर्ण छ।


by Sujata Bhattarai | Today, 09:16 PM

img