mobile

लोहनी नुवाकोटको दुवै निर्वाचन क्षेत्रबाट सिफारिश

By Shreya Pokharel on Oct 12,2017 - 12:21

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिश हुनुभएको छ । 

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेबत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवारमा सिफारिश गरेको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिनुभयो । नुवाकोट थानसिंह निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिश गरिए पनि उहाँले अन्य दलसँग तालमेल गरी प्रत्यक्षतर्फबाटै उम्मेदवारी दिनुहुने बताइएको छ । 

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनको क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ गोकर्णराज सिटौला, बिमल थापा, लक्ष्मी पण्डित, पुरेन्द्रप्रसाद ढकाल र होमकुमारी ओझालाई पनि सिफारिश गरिएको छ । समानुपातिकतर्फ भरतजङ्ग उप्रेती, पोषनाथ ढुङ्गाना, शेरबहादुर खत्री र सरिता लामा रहेका छन् । 

प्रतिनिसधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ श्यामकुमार केसी, झनक प्याकुरेल, राज्यलक्ष्मी श्रेष्ठ र कुलबहादुर खङ्गीलाई उम्मेदवार प्रस्ताव गरिएको भने समानुपातिकतर्फ कृष्णबहादुर प्याकुरेल सीताराम सापकोटा, राधिका विश्वकर्मा र सीताराम कुमाललाई प्रस्ताव गरी नामावली केन्द्रमा बुझाइएको सचिव पाण्डेले जानकारी दिनुभयो । उक्त दलले जिल्लामा रहेका चारवटै प्रदेशको प्रत्यक्ष र सामानुपातिक तर्फको उम्मेदवार पनि सर्वसम्मत प्रस्ताव गरी नामावली केन्द्रमा बुझाएको जनाएको छ । रासस

SUGGESTED ARTICLES

img
राजपा नेता महेन्द्र यादवले प्रतिनिधि सभाका सदस्यलाइ सपथ खुवाउने 

सघीय संसद्का नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले प्रतिनिधिसभाका सदस्यलाई शपथ गराउनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसा यही फागुन २० गते आइतबार श अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनु हुनेछ ।


by R. sharma | Feb 25

img