mobile

पूर्वप्रधानमन्त्री चन्द बैतडीबाट सिफारिश

By Shreya Pokharel on Oct 12,2017 - 13:01

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बैतडीबाट सिफारिश हुनुभएको छ । सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । पूर्वप्रधामन्त्री चन्दसँगै उहाँका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ । 

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ । 

क्षेत्र नं २ बाट समानुपातिकतर्पm चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । 

दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ । प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ । रासस

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img