mobile

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा

By Shreya Pokharel on Oct 12,2017 - 17:16

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भन्नुभयो । 

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताउनुभयो । 

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

SUGGESTED ARTICLES

img
पुनःनिर्माण छिटो गर्नुपर्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभएको छ । आज पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा उहाँले सम्पदा पुनःनिर्माण गर्दा संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र पुरातत्वको मापदण्डअनुसार निर्माण हुनुपर्ने बताउनुभयो । 


by RSS | Today, 05:54 PM

img