mobile

समानुपातिको बन्द सुची पेशगर्ने दिन पर सार्ने बारे तीनदलमा छलफल

By R. sharma on Oct 12,2017 - 20:49

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्र समानुपातिक उम्मेदावारो बन्द सुची आयोगमा पेश गर्ने मिति केहि दिन पर सार्न  निर्वाचन आयोग सँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिहदरवारमा आज बसेको बैठकमा तीन दलको बैठकमा समानुपातिक तर्फका उम्मेदावारको बन्द सुची आयोगमा बुझाउने दिन अझ केही दिन पर सार्न निर्वाचन आयोग सँग परामर्श गर्ने सहमती बनेको हो । स्रोतका अनुशार तीन दलको बैठकमा एमाले नेता माधव कुमार नेपालले उम्मेदावार चयनको ब्यवस्थापन सवै पाटीको लागि कठिन बनिनरहेको भन्दै केही दिनको गृह कार्यकालागि समानुपातिको बन्द सुची आयोगमा बुझाउने दिन एक दुइ दिन केही पर सार्नु पर्ने प्रस्तबा गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोग सँग परामर्श नगरी केही गर्न नसकिने यस बारे परामर्श गर्ने स्रोत ले बतायो । निर्वाचन आयोगले यही असोज २९ गते बन्द सुचि पेश गर्ने गरि निर्वाचन कार्यतालिका यसअघि नै सार्वजानिक गरेको छ ।

बैठकमा एमाले माओबादी नेताहरुले सरकारबाट माओबादी मन्त्रीहरु निकाल्ने र निर्वाचन अनिश्चित गर्ने किसिमका कदमहरु नचाल्नप्रधानमन्त्री देउवाको ध्यान आकार्षण गराएका थिए । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र आचार सहिताको पूर्ण कार्यन्वयनमा प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको र राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयकमा मतभार के लाइ बनाउने भन्ने विषयमा छलफल भएको बैठक पछि एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले बताउनु भयो । यसै गरी नेपालीकांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रीक पद्धति अनुशार एकल संक्रमणिय मतको आधारमा राष्ट्रिय सदस्य चयन हुनुपर्ने कांग्रेसको भनाइ रहेको त्यसमा एमाले माओबादीले बहुमतियबाट हुनुपर्ने अडान राखेको कारण बैठकमा कुरा नमिलने भोलि पुन बैठक बसेर टुग्गो लगाउने ब बताउनु भयो । विधेयकमा मतभार केलाइ बनाउने भन्ने विषयमा कुरा नमिल्दा विधेयक विचारधिन अवस्थमा संसदमा रहेको छ । उम्मेदावारको मनोनयन सँगै रुपान्तरित ब्यवस्थापिका विघटन हुने भएकाकारण दलहरुलाइ छिटै विधेयक पेस गर्न पर्नेबाध्यता रहेको छ ।

SUGGESTED ARTICLES

img
१५६ स्थानको मतपरिणाम सार्वजानिक बाम गठवन्धन दुइ तिहाइको नजिक

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको अधिकांश स्थानको नतिजा आइसकेको छ । नतिजा हेर्दा प्रत्यक्ष तर्फको निर्वाचन बाम गठवन्धन दुइ तिहाइको नजिक पुर्याएका छन् । 


by R. sharma | Today, 10:38 PM

img