mobile

अन्नबाली छाडेर खुर्सानी खेतीमा

By Shreya Pokharel on Oct 22,2017 - 17:01

जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ । 

आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । 

घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा रु १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक उहाँले बताउनुभयो । उहाँले अकबरे प्रतिकिलो रु २०० र नामधारी रु १२० प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । रासस

SUGGESTED ARTICLES

img
भद्रपुर विमानस्थलबाट रात्रि उडानका लागि जांच हुदै

झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ । भद्रपुर र जनकपुर एयरपोर्टमा पनि रात्रिकालीन सेवा सञ्चालन हुने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी दुई एयरपोर्टमा रात्रिकालीन सेवा सुरु गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।


by Anu Rana | Apr 22

img