mobile

डिजल, पेट्रोल र खाना पकाउने ग्यासको मुल्य बढे्यो

By R. sharma on Nov 01,2017 - 20:45

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजलमा डेढ रुपैयाँ पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।अब पेट्रोलको भाउ प्रतिलिटर १ सय रुपैयाँ, डिजेल र मटितेल लिटरको भाउ ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । यस्तै ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुगेको छ । भारतीय आयल कर्पोरेशनले नयाँ भाउ पठाएपछि नेपाल आयल निगमले आज भाउ बढाएको हो । यसअघि गएको असारमा पनि मूल्य समायोजन भएको थियो । असारमा कच्चा तेलको भाउ ५० डलर रहेकोमा अहिले बढेर ६० डलर पुगेको छ ।

ट्याग -  आयलनिगम , मुल्यबृद्धि

SUGGESTED ARTICLES

img
भारतीय प्रहरीले समात्यो साढे ३३ किलो सुन  

भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललाइ जानकारी भएको छ ।


by Anu Rana | Dec 17

img