mobile

स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता – प्रचण्ड

By R. sharma on Nov 05,2017 - 22:24

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन्।

चितवन निर्वाचन क्षेत्र नम्बर– ३ मा ‘प्रचण्ड जिताऔँ अभियान’को उद्घाटन गर्दै आइतबार उनले राजनीतिक स्थिरताका लागि वामपन्थीहरूको सरकार हुनु जरुरी रहेको औँल्याए। अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने जिकिर पनि गरे।

 कात्तिक १६ गते चितवन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्तापछि चुनावी प्रचार अभियानमा सक्रिय रहेका अध्यक्ष दाहालले कम्युनिष्ट शक्तिहरूको एकताका लागि वाम गठबन्धन गरेको दोहोर्‍याए। उनले यस पटकको पार्टी एकीकरणको प्रयास सफल हुने विश्वास राखे ।    आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गरे। जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो। चितवनको विकासलाई प्राथमिकता दिँदै नमुना जिल्ला बनाउने योजना आफूसँग रहेको प्रचण्डको भनाइ थियो ।

ट्याग -  माओबादी केन्द्र , प्रचण्ड

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img