mobile

पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

By RSS on Nov 07,2017 - 17:13

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ । विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ । 

जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् । 

मधेश आन्दोलनको केन्द्रबिन्दु र आर्थिक नगरीका रुपमा रहेको पर्साको क्षेत्र नं १ मा प्रभावशाली रहेका रुगंटा र यादव आमनेसामने भएपछि यहाँका मतदाता मात्र नभई मधेशका अन्य जिल्लाका मतदातासमेतमा को जित्ने होला भन्ने चासो बढ्न थालेको छ । 

यो क्षेत्रमा वाम गठबन्धनबाट विचारी यादव उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले पनि यहाँको चुनावी प्रतिष्पर्धालाई रोमाञ्चक बनाइदिएको छ ।

संघीय समाजवादी फोरमका वियज सरावगीले वीरगञ्ज महानगरपालिकाको प्रमुख पद जितेकाले क्षेत्र नं १ मा यादवको स्थिति राम्रो रहेको लख मतदाताले काटेका छन् । काँग्रेस उम्मेदवार रुगंटा माडवाडी समुदायका हुन् र उनले जातिगत रुपमै पनि राम्रै भोट पाउने अर्काथरिको विश्लेषण छ ।  दुवै उम्मेदवारले समृद्ध वीरगञ्जको नारा दिँदै आएका छन् । क्षेत्र नं १ मा ६७ हजार ४०५ मतदाता रहेका छन् । रासस

ट्याग -  उम्मेदवारी दर्ता

SUGGESTED ARTICLES

img
काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । 


by RSS | Today, 01:55 PM

img