mobile

गोर्खामा समानुपातिक उम्मेदवारको प्रचारमा सहभगिबाट पेस्तोल र गोली बरामद

By R. sharma on Nov 07,2017 - 22:33

गोरखामा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ। निर्वाचन लक्षित सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३प ३३८३ नम्बरको मोटरसाईकलबाट उक्त हतियार फेला पारेको हो ।

मोटरसाईकल चालक भिमसेन गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम पेस्तोल सहित गोली बरामद गरेको हो। उक्त मोटरसाईकल चालक भने चेकजाँच भएको देखेर पेस्तोल भएको झोला फालेर फारर भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए।

माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार सिम्खडालाई लिएर हतियारसहित खनाल चुनाव प्रचार अभियानमा गएका थिए। निर्वाचन बिथोल्न जनतालाई त्रसित बनाउन हतियार बोकेर हिडेको हुनसक्ने आशंका प्रहरीको छ । हतियार भेटिएपछि प्रहरीले चेकजाँच बढाएको छ भने फरार खनालको खोजी भईरहेको छ ।

मंगलबार साझ नेपाल टेलिभिजनको ८ बजेको समाचारमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेताले हतियार भेटिएपछि प्रहरीले चेकजाँच बढाएको छ भने फरार खनालको खोजी भईरहको बताएका छन् । उनले निर्वाचन शुरक्षा योजना अनुसार निर्वाचन पूर्वको शुरक्षा योजनाको चरणमा जिल्ला रहेको र थप शुरक्षा सर्तकता पनि बढाउदै लगिएको केही शुरक्षाक कर्मी एक दुइ दिनमा थप भइ सक्ने भन्दै ढुक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।

ट्याग -  निर्वाचनप्रचार गोर्खा

SUGGESTED ARTICLES

img
संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु


by RSS | Jul 20

img