mobile

राप्रपाको घोषणा पत्र सार्वजानिक नेपाल बन्द नगर्ने प्रतिवद्धता

By R. sharma on Nov 07,2017 - 22:05

सुन्दर, सबल, समतामुलक एवं समृद्ध मुलुक निर्माण गर्ने प्रतिवद्धतासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र,सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई चार प्रमुख वैचारिक आधार स्तम्भको रुपमा प्रस्तुत गरेको छ ।

संविधानको सफल कार्यान्वयनका लागि संविधानको परिधिभित्र रहेर लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेपाली जनताको आर्थिक ,सामाजिक एवं राजनितिक रुपान्तरण गर्ने लक्ष्य पनि घोषणापत्रमा सार्वजनिक गरिएको छ । घोषणापत्रमा राप्रपाले अबको आवश्यकता आर्थिक समृद्धि रहेको पनि जनाएको छ । घोषणापत्र सार्वजनिक गर्नुहुदै राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टी आम नेपालीले विश्वास गर्न सक्ने वैकल्पिक शक्तिको रुपमा राप्रपा रहेको बताउनुभयो । पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त प्रशासन बनाउने, नेपाल बन्द कहिल्यै नगर्ने,पुर्वाधारमा निर्माणमा जोड दिने लगायतका योजनालाई राप्रपाले घोषणापत्रमा समावेश गरेको छ ।। 

ट्याग -  राप्रपा निर्वाचन , घोषणा पत्र

SUGGESTED ARTICLES

img
काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । 


by RSS | Today, 01:55 PM

img