mobile

राजनीतिक दलहरुलाई मत खरिद विक्रीमा नलाग्ग प्रमुख आयुक्त यादवको आग्रह

By R. sharma on Nov 07,2017 - 22:32

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले चुनावी आचारसहिता विपरित आम मतदाता र राजनीतिक दलका प्रतिनिधिहरुलाई मत खरीद-विक्रीमा नलाग्न आग्रह गर्नु भएको छ ।

मंगलबार बाट काभ्रेको धुलिखेलमा निर्वाचन आयोगले आयोजना गरेको मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त यादवले जनताको मत विना प्रजातन्त्र सुदृढ हुन नसक्ने भएकाले त्यसको सुरक्षा गर्ने जिम्मेवारी आयोगको रहेको बताउनुभयो ।

 जनशक्ति खटन-पटनका क्रममा कर्मचारी ट्रेड युनियनले अनावश्यक दबाव दिन सक्ने तर्फ इंगित गर्दै प्रमुख आयुक्त डा यादवले प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतहरुलाई त्यसतो दबावलाई उचित ढंगले समाधान गर्न पनि आग्रह गर्नुभयो ।

 भोलिसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोककासाथै काठमाडौं, भक्तपुर, ललितपुर समेत १७ जिल्लाका ८१ जना अधिृकतहरुको सहागिता रहेको छ ।

ट्याग -  निर्वाचन आयोग

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img