mobile

नेपाल सरकारसँग रहेका करोडौं भारु नोट ‘कागज पल्टिने’ चिन्ता

By R. sharma on Nov 09,2017 - 10:23

भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटदिने चासो देखाएको छैन । यस विषयमा पटक पटक बार्ता र संवाद भएपनि भारतले भारु नोट साटने सम्वन्धमा अालटाल गरिरहेको छ । 

नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन। भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ।

पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट ‘कागज पल्टिने’ हुन् कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गर्न थालेका छन्।

 भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो। त्यसयता नोट सटहीका लागि नेपाल सरकार र राष्ट्र बैंकमार्फत पटक–पटक प्रयास भए पनि भारतीय पक्षले चासो नदिएको हो।

 पछिल्ला दिनमा भारतीय पक्षले यससम्बन्धी कुरै सुन्न छाडेकाले नेपालमा रहेका भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको सरकारी अधिकारीहरुको भनाइ छ।

‘हामीले हदैसम्म प्रयास गरेका छौं,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘भारतीय पक्षले चासो दिएको छैन। यो स्थिति जति लम्बिँदै जान्छ, नोट साटिने सम्भावना पनि कम हुँदै जान्छ।’

भारतले प्रतिबन्ध लगाएदेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन्। राष्ट्र बैंकका अनुसार पाँच सय र हजारका गरी ७ करोड ८५ लाख भारु नोट छन्। यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक नभएको राष्ट्र बैंकले जनाएको  छ।

ट्याग -  भारु सटही

SUGGESTED ARTICLES

img
अंग्रेजी बोल्ने पाइलट खोज्दै अफ्रिकासम्म  

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। वाई–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो। मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ।


by Anu Rana | Jun 24

img