mobile

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

By RSS on Nov 12,2017 - 16:06

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल)को डिभिडी आज सार्वजनिक गरिएको छ । रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता बिकु थोकरले जानकारी दिनुभयो । 

कार्यक्रममा लामा गुरु लाक्पा दोर्जे तामाङले डिभिडी सार्वजनिक गर्दै अर्थ अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताउनुभयो । 

चलचित्रका नायकमा जगे लोप्चन, नायिकामा सुनिता लुङ्बा, खलनायकमा थोकर, नृत्यमा सिर्जना तामाङ, सुष्मा मुक्तान, सफल दोङलगायत कलाकारको भूमिका छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालि र निर्देशन शंकर महर्जनले गरेको बताइएको छ । 

चलचित्रमा संगीत विशाल कल्ताङ र विशाल थिङ तथा रचना कुमार श्याङ्वाको रहेको छ । चलचित्रको कथा ऋतुराज पाख्रिनले लेख्नुभएको छ । चलचित्रको नृत्य निर्देशन अजय श्याङतानले गर्नुभएको छ । 

देशका १४ जिल्लाका ३५ ठाउँमा प्रदर्शन गरिएको उक्त चलचित्रबाट आम्दानी भएको रु ३५ लाखमध्ये रु १५ लाख गुम्बा र मन्दिर निर्माणमा सहयोग पुर्याउनाका साथै मिर्गौला तथा अर्बुद रोगीका उपचारमा समेत खर्च गरिएको निर्माता थोकरले जानकारी दिनुभयो । रासस

ट्याग -  तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल)को डिभिडी आज सार्वजनिक

SUGGESTED ARTICLES

img
मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (–याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले –याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (–याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष


by RSS | Jun 17

img