mobile

दुई ठूला जलविद्दुत आयोजनाको म्याद थप

By R. sharma on Nov 14,2017 - 08:38

लगानी बोर्डको हिजो बसेको बैठकले दुई ठूला जलविद्दुत आयोजनाको म्याद थप गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको म्याद १ वर्ष र अरुण तेश्रो जलविद्युत आयोजनाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो । बैठकमा नेपालको सिभिल इण्डष्ट्रिजको मुल्याङ्कन र लगानिका संभाव्यता सम्बन्धि छलफल पनि भएको थियो । हिजोको बैठकमा लगानी बोर्डले कस्ता आयोजनाहरुलाई अगाडी बढाउने तथा नेपालमा मोनो रेलको संभाव्यता सम्बन्धि छलफल थियो । यसै बी सरकारले भने यता बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको सम्झौता खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकले गत जेठमा भएको सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सम्झौता खारेज गरिएको ट्वीट मार्फत जानकारी दिनुभएको छ । कूल १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना लगानीसमेत जुटाउने शर्तमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो ।

ट्याग -  मन्त्रिपरिषद बैठक

SUGGESTED ARTICLES

img
नेका नेता लामाद्वारा पाँच एम्बुलेन्स सहयोग

नेपाली काङ्ग्रेसका नेता एवं सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।


by RSS | Dec 10

img