mobile

एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्स भिडदै

By R. sharma on Nov 14,2017 - 09:14

एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्सबीच आज फुटबल खेल हुदै छ। समुह चरणबाट बाहिरि सकेको नेपालको लागि आज हुने खेलको खासै महत्व नभए पनि नेपालका मूख्य प्रशिक्षक ग्यातुको कोजीले फिलिपिन्स विरुध्द कम्तिमा बरावरिको नतिजा निकाल्ने लक्ष रहेको बताए । ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान अनिल गुरुङले जित्ने लक्षका साथ आफुहरु मैदानमा उत्रिने बताए । फिलिपिन्स टिमका प्रशिक्षक थोमस डोलले नेपाललाइ पराजित गरे आफ्नो टिम एएफसी एसियन कपको लागी छनोट हुने भएकोले आजको खेलको नतिजा आफ्नो टिमको लागी महत्वपुर्ण हुने बताए । एएफसि एसियन कप छनोट अन्तर्गत समुह एफमा रहेको नेपाल १ अंक ल्याइ समुहको पुछारमा छ भने फिलिपिन्स ८ अंक सहित शिर्ष स्थानमा छ ।

 

ट्याग -  फुटवल

SUGGESTED ARTICLES

img
झडपमा एकजना घाइते

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


by RSS | Nov 24

img