mobile

मध्यरातमा चार डिआजी एआइजीमा बढुवा

By R. sharma on Nov 14,2017 - 10:07

सरकारले रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । 

निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद गृहमन्त्रीको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको गृहमन्त्रालय स्रोतले जनाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

सरकारले यही कार्तिक २० गते निर्वाचन आयोगसँग दुईजना एआजी बढुवाका लागि अनुमति लिएको थियो भने दुई एआजी बढुवाका लागि सोमबार रातिनै निर्वाचन आयोगबाट  सहमति मागिएको बुझिएको छ।

एआजीमा बढुवा कालागि सिफरिसमा गरिएकमा डिआजी हेमन्तबहादुर पाल, डिआजी मधु प्रसाद पुडासैनी, डिआजी माधब प्रसाद नेपाल र डिआजी पंकज श्रेष्ठ रहेका छन् ।

ट्याग -  डिआइजी

SUGGESTED ARTICLES

img
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । यसरी धारणा व्यक्त


by RSS | Jun 24

img