mobile

रुपन्देहीमा काँगे्रस र राप्रपा (प्र) को चुनावी मोर्चा

By RSS on Nov 14,2017 - 10:33

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली काँगे्रस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन् । 

निर्वाचनको तयारीका लागि यी दुवै पार्टीले निर्वाचन परिचालन कमिटी निर्माण गर्ने र संयुक्त निर्वाचन अभियान सञ्चालन गरेका छन् । 

नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले रुपन्देहीमा प्रतिनिधिसभामा क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान स्वास्थ्य मन्त्री दीपक बोहरालाई नेपाली काँग्रेसले समर्थन गरेको छ भने अन्य चार निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारलाई राप्रपा प्रजातान्त्रिकले समर्थन गरेर निर्वाचनमा गएका छन् । 

यस्तै, निर्वाचनको तयारीका क्रममा जिल्लाको क्षेत्र नं १ मा नेपाली काँगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको संयोजकत्वमा दुवै पार्टीको पा“च हजार १०१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । 

यसको सहसंयोजकमा सीताराम सिंह र सचिवमा वैजनाथ सहनी रहनुभएको छ । त्यसैगरी, नेपाली काँगे्रस जिल्ला सदस्य वासुदेव रिमालको संयोजकत्वमा दुई हजार ५०० सदस्यीय प्रदेश सभा ‘क’ तर्फ निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । यसको सहसंयोजकमा वीरबहादुर क्षेत्री रहनुभएको छ । 

कार्यक्रम नेपाली काँगे्रस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको सभापतित्व, खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको थियो । सोही अवसरमा मन्त्री रज्जाकले लोकतान्त्रिक गठबन्धनलाई जिताउन सबै एक हुने बेला आएको बताउनुभयो । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य एवं क्षेत्र नं १ का प्रदेशसभा उम्मेदवार ताहिर अली, पूर्व राज्यमन्त्री दुर्योधनसिंह चौधरीलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो । 

यसैगरी, नेपाली काँग्रेस क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरतकुमार शाहले नेपाली काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री शाहले विकास निर्माणका अधुरा काम पूरा गर्नकालागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । रासस

ट्याग -  लोकतान्त्रिक गठबन्धन

SUGGESTED ARTICLES

img
विप्लवका दाइ प्रहरीको फन्दामा

विप्लव समूहको नेकपाका नेता चन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज उनलाई राजधानीबाट प्रहरीले पक्राउ गरेको हो । 


by R. sharma | Nov 24

img