mobile

रोकिएन उम्मेदवारमाथि अाक्रमण- शेरधन राई चढेको गाडीमा बम प्रहार

By R. sharma on Nov 14,2017 - 10:35

पछिल्ला दिन यता उम्मेदवार माथिको लगातारको आक्रमण अझै रोकिएको छैन। आज विहान मात्र भोजपुर १ का प्रदेश सभा सदस्य बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि अज्ञात समुहले बम प्रहार गरेका छन्। ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा १४-१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन्। प्रहरीले उनको हातमा चोट लागेको बताएको छ।जिल्ला प्रहरी कार्यालयले बम प्रहारको घटना पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली घटना स्थल पठाइएको प्रहरीले बताएको छ ।

यसै बीच नेकपा एमालेले पाटी नेता शेरधन राई माथि भएको आक्रमणको घोर निन्दा एवं भत्सना गर्दै सरकारसँग सुरक्षाको माग गरेको छ । पाटी अध्यक्ष के पि शर्मा ओलीले एक प्रेस वक्तव्य जारी गर्दै घटनाको निन्दा गर्दै घटनालाई पार्टीले गंभिरता पूर्वक लिएको बताएका छन् । यस्तो छ प्रेस वक्तव्य

नेपाल कम्युनिस्ट पार्टी

(एकीकृत माक्र्सवादी–लेनिनवादी)

केन्द्रीय कार्यालय

धुम्बाराही, काठमाडौं

पत्र संख्या .......                                                                           २८ कात्तिक, २०७४

 

प्रेस वक्तव्य

भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउ“मा निर्वाचन प्रचारको क्रममा हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापूवर्क लिएको छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं । यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भा“ड्ने र मुलुकमा भा“डभैलो मच्चाइरहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउ“छौं । हामी हाम्रा उमेदवार कमरेड शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।

पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ । हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारस“ग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं ।

 

केपी शर्मा ओली

अध्यक्ष

ट्याग -  उम्मेदवार आक्रमण

SUGGESTED ARTICLES

img
लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गर्नुभयो ।


by RSS | Today, 03:09 PM

img