mobile

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

By RSS on Nov 14,2017 - 13:10

भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । 

यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गर्नुभयो । त्यस्तै, नेकपा (एमाले)की नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिनुभएको छ । 

यता नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएका दुर्गा राईले महिला पनि निर्णायक तहमा पुग्नका लागि महिलाले चुनाव जित्न आवश्यक रहेको बताउनुभयो । संघीय समाजवादी फोरम नेपालकी नेत्री सविना राईले भने महिला हक अधिकारको आवाज उठाउन महिला उम्मेदवार जिताउन आग्रह गर्नुभयो । 

महिलाको हक अधिकारको आवाज बुलन्द गर्नुका साथै महिला पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत जित आवश्यक रहेको उहाँको भनाइ छ । 

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि महिलाको उम्मेदवारी शून्य रहे पनि समानुपातिकमा चार महिला चुनावी मैदानमा उत्रिएका छन् । रासस

ट्याग -  निर्वाचन

SUGGESTED ARTICLES

img
विप्लवका दाइ प्रहरीको फन्दामा

विप्लव समूहको नेकपाका नेता चन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज उनलाई राजधानीबाट प्रहरीले पक्राउ गरेको हो । 


by R. sharma | Nov 24

img