mobile

प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

By RSS on Nov 14,2017 - 13:30

नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ ।आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसको टोलीसँग गाउँमा भोट माग्न जानुभएको थियो । गाउँमा भोट मागेर राति घर फर्किएका उहाँको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । 

घरबाट बिहान सबेरै हिँडेका उहाँ रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । 

मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

भिरबाट करिब २० मिटर तल मृतावस्थामा भेटिएका उहाँ लामो समयदेखि राप्रपाका क्रियाशील कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । रासस

ट्याग -  मृत्यु

SUGGESTED ARTICLES

img
सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा वान्तवा भाषाकी समाचार बाचिका हुनुहुन्छ भने इन्डिजिनियस टेलिभिजनमा


by RSS | Dec 16

img