mobile

दुई वटा औषधि पसलमा शिलबन्दी

By RSS on Nov 14,2017 - 13:37

नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई आज शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो । 

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले आज शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ । 

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो छ । 

सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उहाँले अनुरोधसमेत गर्नुभयो । रासस

ट्याग -  शिलबन्दी

SUGGESTED ARTICLES

img
नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार : शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५/७६ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख डा


by RSS | Jun 24

img